राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले कानून बनाउने तहका सांसदहरूको ‘तलब, सेवा–सुविधा’ पर्याप्त नभएको बताएकी छन्।
संसदीय काम–कारबाहीलाई प्रभावकारी बनाउनका लागि समूहमार्फत् रिर्सच गर्नुपर्ने बताउँदै उनले सरकारले एउटा स्वकीय सचिव मात्र दिएकोप्रति गुनासो गरिन्। सांसदहरूलाई पैसा नदिएरै भएपनि ‘सम्मानपूर्णक बस्न सक्ने सुनिश्चिता’ गरिदिनुपर्ने सांसद गौतमले बताइन्।
‘ल बनाउने मान्छेहरू ज्ञान–पर्याप्त मात्रा हुनका लागि नेपालको सांसदहरूलाई नेपाल सरकारले जुनको खालको तलब, सेवा–सुविधा दिएको छ, रिर्सच गरेर त्यहाँ प्रस्तुति गर्नको लागि यो खालको तयारीको लागि चाहीँ पुगेकै छैन। नट इनअफ,’ सांसद गौतमले एउटा पोडकास्ट अन्तर्वार्तामा भनिन्।
उनले नेपाली समाजमा सांसदहरू भनेका ‘देश लुट्ने’हरू हुन् भन्ने भाष्य निर्माण गरिएकाेप्रति असहमति जनाइन्। ‘आफ्नो चाहीँ प्राथमिकताका कुराहरू, कति डकुमेन्ट सुरक्षाका कुराहरू। हराउँला, के गर्ला। केही पनि सुरक्षा छैन क्या! अनि सांसदहरू भनेका यीनीहरू नै हुन् देश लुट्ने भन्ने छ। तर मैले देखेको खास त्यो होइन रहेछ के...,’ उनले भनिन्।
कानून बनाउने सांसदहरूलाई नयाँ र फरक चिराले नहेरेसम्म देशमा भ्रष्टाचार मौलाइरहने सांसद गौतमकाे भनाइ छ।
प्रस्तुत छ, सांसद सोविता गौतमको पोडकास्ट कुराकानीको सम्पादित अंशः [१ः३८ः४५]
‘ल’ बनाउने मान्छेहरू ज्ञान–पर्याप्त मात्रा हुनकाे लागि नेपालको सांसदहरूलाई नेपाल सरकारले जुनको खालको तलब, सेवा–सुविधा दिएको छ, रिर्सच गरेर त्यहाँ प्रस्तुति गर्नको लागि यो खालको तयारीको लागि चाहीँ पुगेकै छैन। ‘नट इनअफ’। एउटा स्वकीय सचिव हुन्छ। सांसद भनेपछि सब्बै कुरा म्यानेज गरिदिन सक्छ भन्ने खालको एउटा कन्सेप्ट छ।
०००
विचरा झन् त्यो दुर्गम क्षेत्रबाट निर्वाचित भएर आएको सांसदहरूलाई कति गाह्रो छ। सहरमा आउनुपर्यो। भाडामा बस्नुपर्यो। भाडा हुन्छ, त्यस्तै। अहिले काठमाडौँको भाडा हेर्ने हो भनेदेखि एउटा सामान्य पनि चलाउनलाई ३०–३५ हजार रुपैयाँ लाग्छ। अनि सामान्य एउटा मात्रै कोठा लिने हो भने अगल कुरा। तर एउटा हिसाबले बस्नका लागि त्यति भाडा लाग्छ। खानुपर्यो। अनि मान्छे आउँछन्। एउटा बिरामी आउँछन्। सहयोग गर्दिनुपर्यो भन्छन्। निर्वाचित सांसद हो, हाम्रो सांसदले केही गर्छ कि भन्ने अपेक्षा हुन्छ। एसो साथीभाइ आउँदाखेरी चिया खुवाउपर्यो। घरमा आको मान्छेलाई त्यो हाम्रो सिस्टता हो नि त! त्यो गर्नुपर्यो। खानुपर्यो। हिँड्नुपर्यो।
०००
ट्राभल गर्नका लागि प्रायजसो धेरै सांसदहरूले ‘पब्लिक भेइकल’हरू युज गर्या पनि देख्या छु, मैले। ‘पब्लिक भेइकल’हरू युज गर्दा कति गाह्रो छ हेनू त! सेक्युरिटीकाे कुराहरू, हुनत केही छैन। समाजै हो, तैपनि ढिलो हुन्छ। आफ्नो चाहीँ प्राथमिकताका कुराहरू, कति डकुमेन्ट् सुरक्षाका कुराहरू। हराउँला, के गर्ला। केही पनि सुरक्षा छैन क्या! अनि सांसदहरू भनेका यीनीहरू नै हुन् देश लुट्ने भन्ने छ। तर मैले देखेको विचरा त्यस्ताे होइन रहेछ के। पैसा दिन परेन बरु, तर सांसदहरू जो–जो छ उनीहरूलाई सम्मानपूर्णक बस्न सक्ने सुनिश्चिता। उनीहरूलाई विषयसँग सम्बन्धित कुराहरू अध्ययन गर्नको लागि टीम, त्यति चाहीँ नेपाल सरकारले लगानी गर्नुपर्छ होला। नयाँ फरक चिराले हेर्नुपर्छ होला। नभए चाहीँ यो कहिलेपनि रोकिँदैन, जुन करप्सनको कुरा गरेका छौँ हामीले, कहिलेपनि रोकिँदैन।