नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसअन्तर्गत आज (शुक्रबार) नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझी र उनका छाेरा सन्दीपकाे तर्फबाट प्रतिरक्षा बहस हुँदैछ।
काठमाडाैँ जिल्ला अदालतमा रायमाझीका बाबु-छाेराकाे पक्षमा पूर्व महान्यायाधिवक्ता रमेश बडालले गर्दैछन्।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै कराेडाैँ रकम ठगी गरेकाे आराेपमा प्रहरीले टाेपबहादुरलाई गत वैशाख ३१ बूढानीलकण्ठबाट रक्सीले मातिरहेकाे अवस्थामा पक्राउ गरेकाे थियाे। भने, यसै प्रकरणमा संलग्न रहेकाे आराेपमा टाेपबहादुरका छाेरा सन्दीप रायमाझी गत वैशाख २० गते बुटवलबाट पक्राउ परेका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १८ जना पक्राउ गरेका छन्। भने, १२ जना पक्राउ पुर्जी जारी पश्चत फरार छन्। आराेपित ३० जनामध्ये टाेपबहादुर मुख्य याेजनाकार रहेकाे प्रहरीकाे ठहर छ।
प्रकाशित मिति:
: 2023-06-09 12:00:00