भारतबाट फर्किँदा स्वागत होला भनेको त बडो विचित्रका तर्क-कुतर्क हुन थाले: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भारत भ्रमणबाट फर्किएपछि नेपालमा अनेकौँ तर्क-वितर्क भएकोमा आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाकाे सोमबारको बैठकमा बोल्दै उनले आफ्नो भ्रमण सफल भएको भए पनि यहाँ गलत प्रचार गरिएको बताए।

‘भारतबाट फर्किँदा स्वागत होला भनेकाे त यहाँ त बडो विचित्रका तर्क-कुर्तक हुन थाले’, प्रधानमन्त्री प्रचण्डले भने।

उनले नेपाल र भारतबीचको सीमा विवादको विषयमा बोलेका सबै भिडियो सार्वजनिक भएको अवस्थामा कुतर्क गर्न नहुने बताए।

नेपालका केही बुद्धिजीवी वा विज्ञले भनेका आधारमा मात्रै कुरा गरेको बताए। उनले बङ्गलादेश मोडलका कुरा आफ्नो नभएर विज्ञहरुको कुरा भनेको बताए।

उनले मुख्य रुपमा सीमासम्बन्धी विवाद अन्त्य गर्नु ठुलो कुरा भएको बताए। ‘समस्या समाधानका विषयमा यी विकल्पहरु पनि हुन सक्छन् भने हुन् तर माननीय सांसदहरुले अतिरञ्चित रुपमा प्रचार गर्नुभयो,’ उनले भने।

प्रकाशित मिति: : 2023-06-05 12:30:00

प्रतिकृया दिनुहोस्