प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृत्यु भइसकेको नागरिकता विधेयक ब्युँताएर राष्ट्रपतिलाई प्रमाणीकरण गर्न लगाउनु गलत भएको बताएका छन्।
साेमबारकाे प्रतिनिधिसभा बैठकमा बाेल्दै सांसद भट्टराईले पूर्व राष्ट्रपतिको कार्याकालमा दर्ता भएको नागरिकता विधेयक ब्युँताउने अधिकार कसैलाई नभएको बताए।
भट्टराईले प्रधानमन्त्रीलाई चेतावनी दिँदै भने, ‘मृत्यु भइसकेको विधेयक ब्युँताउने तागत छ भने प्रधामन्त्रीज्यू द्वन्द्वकालम मारेर १७ हजार मानिलाई पनि ब्युँताइदिनुहोस्।’