दोलखामा ‘सोक्ला रक क्लाइम्विङ’ महोत्सव हुँदै

तस्बिर : सन्जिव गुरुङ
तस्बिर : सन्जिव गुरुङ

दोलखाको भीमेश्वर नगरपालिका- २ सोक्ला गाउँमा ‘सोक्ला रक क्लाइम्विङ महोत्सव’ हुने भएको छ। महाेत्सव यही जेठ १८ देखि २१ गतेसम्म हुने आयाेजक शोक्लाश्वरी पर्यटन विकास समाजले आज (मंगलबार) काठमाडाैँमा पत्रकार सम्मेलन गरी जानकारी गराएकाे हाे।

महाेत्सवकाे लागि ४ सय मिटर उचाइमा रहेकाे साेक्ला भिरमा रुट क्लियर गरिएकाे आयाेजकले जनाएकाे छ। ती रुटमा महाेत्सव अवधिभर नि:शुल्क क्लाम्विङ गर्न पाइने छ।

महाेत्सवमा सगरमाथा आराेही र रक क्लाइम्बरहरुले सहयाेग गर्ने छन्। भने, नेपाल प्रहरी, शसस्त्र बल, नेपाल आर्मीको टिमसमेत सहभागीता रहने छ।

सहासिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गर्न लागिएकाे याे महाेत्सवमा करिब साढे २ सय पर्यटक सहभागी हुने अनुमान गरिएकाे छ।

भिडियाे ः

प्रकाशित मिति: : 2023-05-30 20:33:00

प्रतिकृया दिनुहोस्