उच्च अदालत दिपायलको फैसला सदर गर्दै सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला गरेको छ।
सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीकाे मुद्दामा उच्चकै फैसला सदर गरेको हो।
सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सर्वोच्चले सफाई दिएको छ। जेलभित्रै रहेका उनीहरूलाई अदालतले आजै थुनामुक्त गर्न आदेश गरेको छ।
जिल्ला अदालतले ठहर गरेबमोजिम तीन वर्षको कैद भुक्तान गरिसकेका लक्ष्मण थारुलाई उच्च अदालतले जन्मकैद तोकेकोमा सर्वोच्चले जिल्लाकै फैसला सदर गरेको अधिकारीहरूले जनाएका छन्।