शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वसांसद शेर्पा शौचालयमा लडेर घाइते

File Photo
File Photo

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका पूर्वसांसद आङटावा शेर्पा शौचालयमा लडेर घाइते भएका छन्।

शरणार्थी प्रकरणमा नाम जोडिएपछि साेमबार आफैँ परिसरमा पुगेका शेर्पाकाे शौचालयमा लडेर टाउकोमा चोट लागेको प्रहरीले जनाएकाे छ।

टाउकोमा चोट लागेपछि शेर्पालाई राति नै ट्रमा सेन्टर पुर्‍याइ टाँका लगाएर प्रहरी परिसर टेकुमै ल्याइएकाे छ। हाल उनको अवस्थामा सामान्य रहेको प्रहरी परिसर बताएकाे छ।

नक्कली भूटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका व्यक्तिसँग नाम जोडिएपछि नेपाली कांग्रेसका नेतासमेत रहेका आङटावा साेमबार आफैँ जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका थिए।

उनी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो। त्यसपछि उनलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको थियो।

उक्त प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2023-05-16 13:32:00

प्रतिकृया दिनुहोस्