केन्द्रीय सदस्यलाई ओलीको चेतावनी- संघीयताविरुद्ध आफूखुसी मिडियाबाजी नगरौँ

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘पार्टीका नेता–कार्यकर्ताहरूलाई आफूखुसी संघीयताविरुद्ध नबोल्न’ चेतावनी दिएका छन्।

केन्द्रीय कमिटी बैठक चलिरहेका बेला संघीयताविरुद्ध मिडियाबाजी गरेर पार्टी शीर्ष नेतृत्वभन्दा जान्ने नबन्नसमेत उनले आग्रह गरेका छन्।

‘मिडिया प्रचारमा रमाउँदै नहिँडौँ। संघीयता विरोधी गर्नुपर्ने कुनै कारण छैन। समाचार बनाइदिन्छन्, भाइरल भइन्छ भन्दैमा जेपनि बोल्दै हिँड्ने,’ अध्यक्ष ओलीले भने।

केन्द्रीय कमिटी बैठक चलिरहेका बेला युवा नेता गोकुल बाँस्कोटा, महेश बस्नेत, निरु पाल र ऐन महरले ‘प्रदेश संरचना खारेज’को विषयलाई मास–मिडियामा जोरतोरले उठाइरहेका छन्।

अध्यक्ष ओलीले पार्टीको निर्णयविपरित आफूखुसी बोल्दै नहिँडुनु भन्दै हप्कीदपकीसमेत गरेका छन्। ‘घोडाभन्दा बग्गी अघि भए घोडा दौडिन सक्दैन। त्यसैले घोडाअघि बग्गी पछाडि हुनुपर्छ,’ उनले भने।

प्रकाशित मिति: : 2023-05-13 16:28:00

प्रतिकृया दिनुहोस्