सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुन: विश्वासको मत लिनु नपर्ने निर्णय गरेको छ।
बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको हो।
रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रचण्डले विश्वास लिनु नपर्ने
माओवादी केन्द्रका प्रमुख सचेतक हिताराज पाण्डेले बताए।
त्यसैगरी उक्त बैठकमा आइतबार प्रस्तुत हुने आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा के विषयलाई प्राथमिकतामा राख्ने भन्नेबारेमा पनि छलफल भएको उनले बताए।
यस्तै, यसअघि विश्वासको मत राख्दा प्रधानमन्त्री दाहालले प्राथमिकतामा राखेका विधेयकबारे पनि कानुन विज्ञहरूसँग परामर्श गरेको उनले जानकारी दिए।