टाेपबहादुर पक्राउ पर्नुअघि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे ओली

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ।

एमाले अध्यक्ष ओली बिहीबार दिउँसाे प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन्। उनीहरुबीच समसामयिक विषयमा छलफल भइरहेकाे बताइएकाे छ।

लामाे समयदेखि प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता नगरेका ओली आफ्नाे पार्टीका सचिव तथा पूर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझी ठगी मुद्दा पक्राउ पर्न लागेपछि ओली आकस्मिक रुपमा सिंहरदबार पुगेका हुन्।

रायमाझीविरुद्ध नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिराेहसँग साँठगाँठ रहेकाे आराेपमा जिल्ला अदालत काठमाडाैँले बुधबार पक्राउ पुर्जी जारी गरेकाे थियाे। पक्राउ पुर्जी जारी भए लगत्तै फरार रहेका रायमाझीले आजै आफैं प्रहरीमा उपस्थित हुने बताइरहेका बेला प्रचण्ड–ओलीकाे भेटवार्तालाई विशेष रुपमा लिइएकाे छ।

प्रकाशित मिति: : 2023-05-04 14:22:00

प्रतिकृया दिनुहोस्