कांग्रेसबाट तीन मन्त्री नियुक्त, कानुनमन्त्री बने धनराज गुरुङ

सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ। संविधानको धारा ७६ को उपधारा ९ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गरेका हुन्।

जसअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रालयमा डिगबहादुर लिम्बु नियुक्त भएका छन्। उनीहरु सबै कांग्रेसका हुन्।

गठबन्धनको सरकार बन्ने क्रममा आठ मन्त्रालय कांग्रेसले पाएको थियो। बुधबार तीन जना मन्त्रीमा नियुक्त भएसँगै कांग्रेसले पाएको आठ वटै मन्त्रालयले पूणता पाएको छ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले अझै मन्त्रिपरिषद्लाई पूर्णनता दिन सकेका छैनन्।

प्रकाशित मिति: : 2023-05-03 17:04:00

प्रतिकृया दिनुहोस्