नागरिकताको जन्ममिति विवादमा एआइजी श्यामलाल ज्ञवालीलाई अख्तियारको ‘क्लिन चिट’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जन्ममिति विवादमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीलाई ‘क्लिन चिट’ दिएको छ।

ज्ञवालीले ‘नागरिकतामा जन्ममिति फरक पारेर सरकारी निकायलाई झुक्याइ प्रहरीमा जागिर खाएको’ भन्ने आरोपसहित उजुरी परेपछि अनुसन्धान थालेको अख्तियारले छानबिनका क्रममा कुनै आरोप प्रमाणित हुने कुनै प्रमाण फेला नपरेका बताएको हो।

‘उजुरी सम्बन्धनमा प्रारम्भिक छानबिन सम्पन्न भइ आयोगको मिति २०८०/०१/१४ को निर्णयअनुसार पछि थप प्रमाण फेला परेमा कानुन बमोजिम हुने गरी हाललाई यो उजुरी तामेलीमा राखिएको ब्यहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (१३) बमोजिम सूचित गरिन्छ,’ अख्तियारद्वारा जारी पत्रमा भनिएको छ।

यस्ताे छ पत्र:

प्रकाशित मिति: : 2023-05-02 21:00:00

प्रतिकृया दिनुहोस्