शपथ लिएपछि रविले भने– सरकारमा जाने सम्भावना निकै कम छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने सम्भावना निकै कम रहेको बताएका छन्। तर मुलुकको दुरगामी हितका लागि सरकारमा जान सकिने बताए।

चितवन–२ निर्वाचित रास्वपाका सांसद लामिछानेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएपछि यस्ताे बताएका हुन्।

सरकारमा जाने विषय आफूहरुको नरहेको उनको भनाई छ। लामिछानेले भने, ‘सरकारमा जाने भन्ने विषय छलफलमा नै छ। मुलुकको दुरमामी हित हुन्छ भने सरकारमा पनि जान सकिन्छ तर सरकारमा जाने अवस्था निकै कम रहेको छ।’

उनले भ्रष्टाचारको विषय सरकारको न्यूनतम कार्यक्रमबाट हटाएकोमा आपत्ति पनि जनाए। भ्रष्टाचारका विषयमा निर्मम हुनुपर्ने लामिछानले बताए। सरकार अस्थितर नहोस् भन्ने चाहेको तर सरकारले गरेका सबै गलत काम बोकेर नहिँड्ने उनको भनाई छ।

प्रकाशित मिति: : 2023-04-28 12:14:00

प्रतिकृया दिनुहोस्