चितवन-२: एमालेलाई सुरुवाती अग्रता, पछि परे रवि लामिछाने

File Photo
File Photo

चितवन क्षेत्र नं २ को उपनिर्वाचनको पहिलो प्रारम्भिक मतपरिणामअनुसार नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ।

सोमबार दिउँसो इच्छाकामना गाउँपालिका-१ मा सुरु भएको मतगणनामा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका छन्।

न्यौपानेले ३६७ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन्।

प्रकाशित मिति: : 2023-04-24 15:14:00

प्रतिकृया दिनुहोस्