लुम्बिनीमा पनि ढल्यो एमालेको सरकार, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढलेको छ। शुक्रबार (वैशाख ९ गते) एमाले नेतृत्वको गण्डकी प्रदेशको सरकार ढलेसँगै दुई दिनपछि लुम्बिनी प्रदेशको सरकार पनि ढलेको हो।

सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि उनको नेतृत्वको सरकार ढल्यो। गिरीले मागेको विश्वासको मतको पक्षमा मात्र ३३ मत परेको छ भने विपक्षमा ५३ मत परेको छ।

यसअघि एमाले नेतृत्वको सुदूरपश्चिम सरकार पनि ढलेको थियो। केन्द्रको समीकरण फेरबदल भएसँग प्रदेशमा पनि सरकार फेरबदल भइरहेको छ। अब कोशी प्रदेशमा मात्रै एमाले नेृतत्वको सरकार छ।

प्रकाशित मिति: : 2023-04-24 13:06:00

प्रतिकृया दिनुहोस्