नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

File Photo
File Photo

नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा समितिको बुधबार बसेको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

बैठकले एसएसपी कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

त्यसैगरी जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनालकाे नाम बढुवाका लागि सिफारिस भएकाे छ।

प्रकाशित मिति: : 2023-04-12 17:44:00

प्रतिकृया दिनुहोस्