प्रशिक्षक मोन्टी देशाइको फेसबुक ‘ह्याक’ 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइको फेसबुक ‘ह्याक’ भएको छ।

राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले प्रशिक्षक देशाइको फेसबुक ‘ह्याक’ भएको जानकारी गराएका हुन्।

ह्याक भएको फेसबुकबाट कुनै पनि शंकास्पद पोस्ट वा सन्देशहरूबाट आएका अन्तरक्रिया नगर्न उनले सुझाएका छन्।

कुनै शंकास्पद पोस्ट र म्यासेज आएको खण्डमा फेसबुकलाई रिपोर्ट गर्नसमेत उनले आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2023-04-04 19:14:00

प्रतिकृया दिनुहोस्