यु– १९ की कप्तान कृतिकाको अष्ट्रेलिया बस्ने केटासँग बालविवाह, होला त सजाय ?

नेपाली यु– १९ क्रिकेट टिमकी कप्तान कृतिका मरासिनी क्षेत्रीले बालविवाह गरेकी छन्। बुटवल घर भएकी १८ वर्षीया मरासिनीले काठमाडौँका अनिल रायसँग साेमबार विवाह गरेकी हुन्।

नेपालकाे कानुनअनुसार २० वर्ष नपुगी गरिने विवाहलाई गैरकानुनी मानिने भए पनि कृतिकाले कानुनविपरीत अष्ट्रेलियामा बस्ने रायसँग विवाह गरेकी हुन्।

कृतिकाले क्रिकेट खेल्नकाे लागि नेपाल क्रिकेट संघ (क्यान)मा आफ्नाे जन्ममिति २०६१ जेठ १७ गते उल्लेख गरेकी छन्, जसअनुसार अहिले उनकाे उमेर मात्रै १८ वर्ष ९ महिना पुग्छ।

नेपालको कानुनले विवाह गर्ने उमेर २० वर्ष पुग्नैपर्ने अनिवार्य गरेको छ भने त्यसभन्दा कम उमेरमा गरिने विवाहलाई गैरकानुनी मानेको छ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा गरिएको व्यवस्था अनुसार २० वर्ष नपुगी भएको विवाह स्वतः बदर हुनेछ। कसैले २० वर्ष उमेर नपुगी विवाह गर्‍यो वा गरायो भने त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र रु. ३० हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

कृतिका र अनिलले साेमबार धुमधामका साथ विवाह गरे पनि उनीहरु र उनका कुनै पनि आफन्तहरुले तस्बिरहरु सार्वजनिक गरेका छैनन।

प्रकाशित मिति: : 2023-03-13 21:10:00

प्रतिकृया दिनुहोस्