उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट तीन जना उम्मेदवार

File Photo
File Photo

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाले उम्मेदवारी दिने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको १० दलको बैठकमा सहमित नजुटेपछि जनता समाजवादी पार्टी (जसपा)बाट पुरुष र महिला गरी दुई जना तथा जनमत पार्टीबाट एक महिलालाई उम्मेदवार उठाउने भएकाे हाे।

जसपाले रामसहाय यादव र प्रमिला यादवलाई उठाउने भएकाे छ भने जनमत पार्टीले ममता झालाई उम्मदवार बनाउने निर्णय गरेकाे छ। आज तीनै जनाको उम्मेदवारी दर्ता हुनेछ।

प्रकाशित मिति: : 2023-03-11 12:00:00

प्रतिकृया दिनुहोस्