सत्तारुढ आठ दलले राष्ट्रपति निर्वाचनका लागि बुधबार बिहान ११ बजेसम्म सबै सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ।
मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले यस्ताे निर्देशन दिएको हाे।
आठ दलले निर्वाचनको तयारीका लागि आफ्ना प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा सबै प्रदेशसभा सदस्यलाई भोलि बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न भनेकाे छ।
बैठकमा दलहरुले आफ्ना सांसदलाई मत बदर नहोस् भन्नका लागि मत हाल्न सिकाउने, शतप्रतिशत मत खसाल्नका लागि प्रयास गर्नेलगायत विषयमा छलफल भएको थियो।