आज फागुन पूर्णिमा। आज पहाडी जिल्लामा होली पर्व मनाइँदैछ। बिहानैदेखि होलीको रौनक बढ्दै गएको छ। काठमाडौंमा पनि आजै होली मनाइन्छ।
काठमाडौंको बसन्तपुरमा विशेष रुपमा होली पर्व मनाइन्छ। नयाँ बानेश्वरमासमेत होली पर्व मनाउनका लागि तयारी गरिएको छ। अहिले पर्व मनाउनेहरु बानेश्वरमा जम्मा हुन थालेका छन्।
त्यस्तै हाेलीमा हुन सक्ने सवारी दुर्घटना न्यूनिकरणकाे लागि ट्राफिक प्रहरीले चेकिङमा कडाइ गरेकाे छ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ।