नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेकाैँ तत्वहरुले जनयुद्धका सहिदहरुकाे याेग्दानलाई दबाउन खाेजिएकाे बताएका छन्।
आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सहिद तथा बेपत्ता योद्धा सन्तती फाण्डेसनले आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ कार्यक्रममा बाेल्दै प्रधानमन्त्री प्रचण्डले साे कुरा बताएका हुन्।
‘कहाँ मर्छनर सहिदहरु, कहाँ बेपत्ता हुन्छनर बेपत्ता योद्धाहरु ? ती त इतिहासमा पटक–पटक जीवित मान्छेहरु उत्प्रेरित गरेर फेरि सडकमा जुलुस र नारासहित निस्किन्छन भनेर कार्ल मार्क्सले भनेकाे जस्तै, ती हजरौँ सहिदहरु, ती हजारौँ योद्धाहरु र उनले देखेका सपनाहरु कसैले जबर्जस्ती बदनाम गर्न खोज्दैमा, दबाउन खोज्दैमा त्यो दबिँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने।
उनले जनयुद्ध कालमा नै सहिदहरुलाई सम्मान गर्ने अवधारणासहित कार्यक्रम गर्ने तय गरेकाेले सहिदकाे याेगदान नदब्ने दाबी गरे।
‘जनयुद्ध कालमा नै हामीले भूमिगत रुपमा नै सहिद सप्ताह गर्ने अवधारण बनाइएको थियो। त्यसकारण यी दब्नेवाला चाहिँ छैनन्, यी दबिँदैनन्। केही भूत–प्रेतहरु बाटाेमा निस्क्दिैमा इतिहास निर्माण गर्न त्याग र बलिदान गरेका ती जनताका महानका सपूतहरु सिद्धिने कुरा हुँदैन,’ प्रचण्डले भने।
भिडियाे: