एमालेका ८ मन्त्रीले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा

नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्।

साेमबार बालुवाटार पुगेर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित एमालेबाट सरकारमा सहभागी ८ मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्।

 नेकपा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती सहभागी थिए।

यसअघि एमालेकाे सचिवालयको साेमबारको बैठकले प्रधानमन्त्रीलाई दिएकाे समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2023-02-27 15:58:00

प्रतिकृया दिनुहोस्