यही फागुन २५ गते हुने राष्ट्रपतिकाे निर्वाचनमा नेकपा (एमाले)काे तर्फबाट उम्मेदवारी दिन लागेका सुवास नेम्वाङकाे प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली रहने भएका छन्।
पार्टी कार्यालमा जारी बैठकले ओलीलाई नेम्वाङकाे प्रस्तावक बनाउने निर्णय गरेकाे हाे।
समर्थक कसलाई बनाउने भन्नेबारे छलफल जारी छ।