लोत्से मलमा मोबाइल लुट्ने अधिकां‌श चालक र सहचालक, थप १५ जना पक्राउ

यातायात मजदुर सङ्गठनले सोमबार गोंगबुमा गरेको आन्दोलनका क्रममा लोत्से मलमा लुटपाट गर्ने थप १५ जना पक्राउ परेका छन्।

सिसिटिभी फुटेज र भिडियोमा देखिएका १५ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ। प्रहरीका अनुसार लुटपाटमा अधिकां‌श चालक र सहचालक रहेका छन्।

लुटपाटमा संलग्नहरू महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सहचालक रहेकाे प्रहरीले जनाएकाे छ।

यसअघि बुधबार लुटपाटमा संलग्न ४ जना र प्रहरीको गाडी आगजनीमा संलग्न ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो।

प्रकाशित मिति: : 2023-02-16 13:37:00

प्रतिकृया दिनुहोस्