महाशिवरात्रीमा पर्वमा पशुपतिमा दर्शन गर्न लगभग २० लाख दर्शनार्थी आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
कोषले बुधबार पशुपति परिसरमा पत्रकार सम्मेलन आयाेजना गर्दै महाशिवरात्रीकाे अवसरमा विभिन्न हिन्दु मुलुकबाट अनुमानित २० लाख दर्शनार्थी आउने बताएकाे हाे।
‘विगतका दुई वर्षमा काेभिड- १९ तथा डेङगु जस्ता प्रकाेपहरूमा पनि शिवरात्री पर्व सम्पन्न गरिएकाे थियाे। र यस वर्ष हामी शिवरात्री पर्व हर्षउल्लाेषका साथ मनाउन गईरहेका छाैँ। यस भन्दा अघिल्ला वर्षहरूमा १४ लाख सम्म भक्तजनहरू भित्रिएका थिए, तर यसवर्ष भने २० लाख भक्तजन आउने अनुमान गरेका छाैँ।’ काेषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले भने।
यस्तै खतिवडाका अनुसार शिवरात्रीकाे अवसरमा भक्तजनहरूकाे सहजका लागी विभिन्न उपसमितिहरूकाे गठन गरी साेही अनुरूप कार्य थालिएकाे छ।
समितिले महाशिवरात्री पर्व व्यवस्था मूल समाराेह समितिले २०७९ गठन गरी मूल समिति अन्तर्गत ८ वटा विभिन्न विषयगत उपसमितिहरूकाे गठन गरी कार्य थालनी गरेकाे हाे।
जस अन्तर्गत सुरक्षा- व्यवस्था, जगतगुरू शंकाराचारर्यज्यूकाे स्वागत तथा अभिनन्दन व्यवस्था, प्रचारप्रसार तथा स्वयंसेवा परिचालन व्यवस्था, मन्दिर दर्शन, चन्दन वितरण एंव रात्रिकालिन व्यवस्था, आवास, भाेजन तथा भाैतिक पूर्वाधार व्यवस्था उपसमिति, साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण, सरसफाई तथा जुत्ताचप्पल व्यवस्था, स्वास्थ्य सेवा व्यवस्था उपसमिति र मेला बजार तथा सजासजावट व्यवस्था उपसमिति रहेका छन्।
यस्तै पशुपति क्षेत्रमा कोषको बाहेक कुनैपनि लोगो, पर्चा, ब्यानर लैजान नपाउने भएको छ। कोषले स्वंयसेवक, सहयोग विभिन्न नाममा प्रचार गने गरेको भन्दै यो वर्षबाट त्यस्तो नहुने कोषले जनाएको छ।
शिवरात्रिमा पशुपतिनाथमा राष्ट्रपति आफैं आउने कार्यक्रम रहेको भन्दै सुरक्षा व्यवस्था चुस्त रहेको कोषले दाबी गरेको छ। यसका साथै ट्राफिक सुरक्षा लगायतका अन्य व्यवस्थापन राज्यका अंगहरुसँग समन्वय गरेर गर्ने कोषले जनाएको छ।