नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन्।
लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा आज अपरान्ह चाइना साउदर्न एयरको सीजेट ६०६८ उडानमार्फत परिवारसहित चीन उडेका हुन्।
पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ति र छोरी शिला पुनसँगै उनी केहीबेरअघि चीन प्रस्थान गरेको त्रिभुवन विमानस्थल कार्यालय स्रोतले बताएको छ।
दुर्लभ जण्डिसबाट पीडित पुनले यसअघि दुई पटक चीनमा गएर उपचार गराइसकेका छन्। पुनको बिदाई निम्ति चिनियाँ राजदूत छन सोङ विमानस्थल पुगेको स्रोतले बतायो।