दाङमा बाल विवाह गर्ने र गराउनेसहित विवाह मण्डपबाटै ६ जना पक्राउ परेका छन्।
घोराही उपमहानगरपालिका–१६बाट बिहीबार दिउँसो (२६ गते) प्रहरीले ६जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बेहुला, बेहुलाकी आमा, अंकल र एक ४५ वर्षीय महिला रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बेहुलीकी आमा र बुवालाई पनि पक्राउ गरेको जानकारी दिए।
१४ वर्षीया नाबालिका र २५ वर्षीय युवकबीच बालिकाको घरमा विवाह हुन लागेको थियो।
बालविवाह हुन लागेको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका ६ जनामाथि बाल विवाह सम्बन्धि कसुरमा दाङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।