मञ्च भत्काएपछि मन्त्रीको शपथ अवरुद्ध

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ समारोहमा हावाहुरीले मञ्चको छाना उडाएपछि शपथ कार्यत्रम अवरुद्ध भएको छ। 

आइतबार दिउँसो १ बजेका लागि तय भएको शपथ समारोह हावाहुरीका कारण ३ बजेसम्म सुरु हुन सकेन।

दाङको राप्ती गाउँपालिकामा रहेकाे प्रदेशसभा भवनमा शपथ समारोहकाे लागि मञ्च बनाइएको थियो। तर हावाहुरीले छाना उडाएपछि शपथ समारोह नै दिउँसो ३ बजेका लागि सारिएकाे हाे।

तर प्राविधिक समस्याले ३ बजेका लागि सारिएकाे शपथ ग्रहण कार्यत्रम हुन सकेकाे छैन। 

प्रकाशित मिति: : 2023-02-12 15:21:00

प्रतिकृया दिनुहोस्