विराटनगर भन्सार कार्यालय (आईसिपी) छेउमा भारतीय नम्बर प्लेटको लहरीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
शनिबार राती भारतीय नम्बर प्लेटको एनएल ०२ जी ८९५२ नम्बरको लहरीले ठक्कर दिँदा स्कुटर चालक झापाको मेची नगरपालिका-१३ चारआलिका ४५ वर्षीय राजन गिरीको मृत्यु भएको हो।
मे १० प ९१६१ नम्बरको स्कुटरमा सवार रहेका गिरी उनी आईसिपीमा सुरक्षा गार्डको रूपमा कार्यरत रहेका थिए लहरीको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए।
स्कुटरलाई ठक्कर दिने लहरी चालक भने फरार छन्। प्रहरीले उनको खोजी कार्य तीव्र पारेको जनाएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक महेन्द्र दर्लामीको नेतृत्वमा प्रहरी परिचालन भएको छ। मृतक गिरीको शव अहिले पोस्टमार्टको लागि विराटनगरस्थित कोसी अस्पतालमा राखिएको छ।