मासिक पारिश्रमिक विद्यालयलाई दिने एमाले सांसद सुर्य थापाको घोषणा

प्रतिनिधिसभा सदस्य सूर्य थापाले पहिलो महिनाको पारिश्रमिक प्यूठानको एक विद्यालयमा अक्षयकोष स्थापनाका लागि दिएका छन।

मल्लरानी गाउँपालिका– २ चुँजा, प्युठानमा अवस्थित अमर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि सो पारिश्रमिक दिएको सांसद थापाले घोषणा गरेका हुन्। विद्यालयको स्वर्ण महोत्सव सहभागी सांसद थापाले सो घोषणा गरेका हुन्। 

थापाले पार्टीलाई बुझाउने लेबी र कर कट्टीपछि बचेको पारिश्रमिक विद्यालयलाई उपलव्ध गराउने बताए। विद्यालयले उक्त रकमबाट आवश्यकता अनुसारको अक्षयकोष स्थापना गरेर सदुपयोग गर्न थापाले आग्रह गरे।

प्रकाशित मिति: : 2023-02-11 09:57:00

प्रतिकृया दिनुहोस्