प्रधानमन्त्री र बंगलादेशका राजदुतबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको भेटमा नेपाल र बङ्गलादेशबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा दुई देशबीच जलविद्युत् व्यापार र सम्पर्क सञ्जालको विस्तारलगायतका विषयमा छलफल भएको थियो। 

प्रकाशित मिति: : 2023-02-10 14:55:00

प्रतिकृया दिनुहोस्