सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा दिएका छन्।

विश्वासको मत नपाएपछि उनले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा दिएका हुन्।

२७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो। सोहीकारण उनले बिहिबार प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गरेका थिए। तर उनको प्रस्तावलाई बहुमत प्रदेश सभा सदस्यले अस्वीकृत गरे। 

प्रकाशित मिति: : 2023-02-09 18:53:00

प्रतिकृया दिनुहोस्