उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भाेलि बस्ने

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ।

बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने गरी स्थगित गरिएको हो।

संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने संयन्त्रका संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए।

बिहीबार संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल छ। 

प्रकाशित मिति: : 2023-02-09 17:26:00

प्रतिकृया दिनुहोस्