उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित, प्रचण्ड र ओली छलफलमा

File Photo
File Photo

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ। बिहीबार दिउँसो ३ बजेको लागि बोलाएको बैठक स्थगित गरिएकाे हाे।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बुधबार भएको छलफलमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको थियाे।

बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच सिंहदरबार छलफल चलिरहेकाे छ।

उनीहरूबीच राष्ट्रपतिको विषयमा स्पष्ट हुँदै सत्तारुढ गठबन्धनभित्रको अविश्वास हटाउने विषयमा छलफल भइरहेको छ। छलफलमा ओलीले प्रधानमन्त्री प्रचण्डलाई भावी राष्ट्रपतिबारे स्पष्ट हुन आग्रह गरेका छन्।

आगामी २५ मा फागुनमा हुने राष्ट्रपतिको निर्वाचन र उम्मेदवारको विषयले सत्तारुढ दलभित्र अविश्वास पैदा भएको छ। कांग्रेसले राष्ट्रपतिमा आकांक्षा देखाएको र प्रधानमन्त्री प्रचचण्डले समर्थन गर्न लागेको विषयले प्रमुख सत्ता साझेदार एमाले सशंकित हुँदै आएको छ।

यही विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र ओलीबीच केही दिनयता भेटवार्ता बाक्लिएको छ। 

प्रकाशित मिति: : 2023-02-09 16:20:00

प्रतिकृया दिनुहोस्