पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ।
गत बुधवार बसेको स्थायी कमिटी बैठकले पार्टी महाधिवेसन सम्पन्न भएको एक वर्षपछि केन्द्रिय समितिलाई पूर्णता दिएको छ।
जसअनुसार २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति चयन भएका छन्।
साथै, बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीतसमेत गरेको छ।
यस्तै बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि मनोनयन गरेको छ। केन्द्रिय समितिले पूर्णता पाएसँगै आजै केन्द्रिय समिति बैठक पनि आब्हान गरिएको छ।