राष्ट्रियसभा सदस्यमा पराजित आचार्यले दिए दसौंदीलाई बधाई

राष्ट्रियसभा सदस्यमा निर्वाचित कुमार दसौंदीलाई उनैसँग हारेका काँग्रेसका उम्मेदवार माधव प्रसाद आचार्यले बधाई दिएका छन्।

समाजिक सञ्जाल फेसबुकमा लेख्दै आचार्यले भनेका छन्, ‘नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार कुमार दसौंदी विजयी हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

लुम्बिनी प्रदेश भूगोलबाट बुधबार भएको उपनिर्वाचनमा सत्ता साझेदार दलहरुको साथ पाएका दसौंदी ४ हजार २६ मतभार प्राप्त गरी विजयी भए।

आचार्यले ३ हजार ७२० मतभार प्राप्त प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मतभार प्राप्त गरेका छन्।

एमालेबाट निर्वाचित खिमलाल भट्टराइले राजीनामा दिएपछि रिक्त रहेको पदका लागि उपनिर्वाचन भएको थियो। निर्वाचनमा ३०५ जना मतदाता थिए। जसमा ३०४ मत खसेको थियो।

प्रकाशित मिति: : 2023-02-08 18:19:00

प्रतिकृया दिनुहोस्