संसद भवन हाे कि चुनावी सभा, कन्फ्युज भएँ: प्रदीप पाैडेल (भिडियाे)

प्रतिनिधिसभा सदस्य एवम् नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले सांसद भवन चुनावी सभा जस्तो भएको बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदहरुले आफ्नो मर्यादा भुलेको कारण संसद भवन चुनावी सभा जस्तै देखिएकाे प्रतिक्रिया दिए।

उनले संसदमा वर्तमान व्यवस्थाको विरोधमा गरिरहे पनि कसैले चाहदैमा व्यवस्था नढल्ने दाबी गरे।

‘पहिलो पटक सांसद भएको म, संसद भवन हो वा चुनावी सभा कन्फ्युज छु। एक अर्कालाई आरोप लागाउँदै आफ्नो मान/मर्यादा भुलेर कुर्लिरहन्छन भवनभित्र, यस्तै दम्भका कारण लोकतन्त्रमा बाधा पुगेको छ। वर्तमान व्यवस्थाको खुव विरोध गर्छन् केही संसदहरु, कसैले चाहदैमा व्यवस्था ढल्नेवाला छैन,’ पाैडेलले भने।

केपी ओलीको सरकार हुँदा सबैभन्दा धेरै भष्टाचार भएको उनको उनले बताए। ‘केपी ओली अस्तिको संसद बैठकमा खुव कुर्लीनु भो तर उहाँको पालामा जति भष्टाचार कहिले भएको छैन। अरुको प्रधानमन्त्री हुँदा बेठिक भयो भन्ने तर आफूले के–के गरियो भुल्नु ठिक होइन,’ उनले भने।

भिडियाे:

प्रकाशित मिति: : 2023-02-08 15:50:00

प्रतिकृया दिनुहोस्