सिन्धुपाल्चाेककाे हेलम्बु क्षेत्रमा छेच्यु पर्व मनाइएकाे छ।
हिमाली भेगमा बौद्ध धर्म फैलाउने महागुरु पद्मसंभवले आफ्ना अनुयायीका लागि योग, ध्यान र साधना गर्न बहुमूल्य निधि र धार्मिक पुस्तक हेलम्बु क्षेत्रमा लुकाएर राखेकाे जनविश्वास छ। यसरी यस वर्ष पनि हेलम्बुमा छेच्यु पर्व धुमधामका साथ मनाइएकाे हाे।
हेलम्बुमा प्राचीन गुम्बा, चैत्य र माने मात्र होइन, आमा याङ्ग्री पनि छ जो इष्टदेवताका रुपमा पुजिन्छ।