ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्। प्रचण्ड अध्यक्ष ओलीलाई भेट्न बुधबार एकाबिहानै बालकोट पुगेका हुन्।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको र आसन्न राष्ट्रपति निर्वाचनका विषयमा आशंका बढदै गएको बेला प्रधानमन्त्री बालकोट पुगेका हुन्।

रास्वपालाई गृह मन्त्रालय दिनु पर्ने ओलीको सुझावलाई प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेपछि दुवै नेताबीचमा समझदारीमा समस्या आउने देखेपछि दुवै नेताबीच भेटघाट बाक्लिन थालेको हो।

सत्तारुढ दलभित्र दुई महिना नपुग्दै देखा परेको किचलो हल गर्नका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच दिनहुँ भेटघाट हुने क्रम बढेको छ।

प्रकाशित मिति: : 2023-02-08 09:38:00

प्रतिकृया दिनुहोस्