मधेस प्रदेश सरकारमा माओवादी पनि सहभागी, दुई मन्त्रीकाे आजै सपथ

नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश सरकारमा सहभागी हुने भएका छ।

मंगलबार विस्तार हुन लागेको मन्त्रीपरिषद्‌मा माओवादी केन्द्रबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिने सहमति भएको माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रासद साहले जानकारी दिए।

उनकाअनुसार माओवादीबाट उद्योग, वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारीलाई नियुक्त गरिँदैछ।

आज दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीको पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: : 2023-02-07 09:47:00

प्रतिकृया दिनुहोस्