गृहमन्त्री नपाएकाे झाेँकमा रास्वपाद्वारा संसद बैठक बहिष्कार

फाइल तस्विर
फाइल तस्विर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा बैठक बहिष्कार गरेकाे छ। नयाँ बानेश्वरस्थित संघीय संसदमा जारी प्रतिनिधिसभा बैठकमा रास्वपाका कुनै पनि नेता सहभागी छैनन्।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पनि बसिरहेकाले रास्वपाका सांसद संसद बैठकमा अनुपस्थित भएका हुन। प्रतिनिधिसभा बैठकसँग पार्टीको बैठक राखेका रास्वपाका सांसद संसद बैठकमा अनुपस्थित भएका हुन।

पूर्व सर्तअनुसार रास्वपा आफूले गृहमन्त्री पाउनुपर्ने माग राखे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वार्थ बाँझिने भन्दै त्यसकाे सट्टा भाैतिक पूर्वाधार विकास मन्त्रालय लिन आग्रह गरेका थिए। तर, प्रधानमन्त्रीले इमान्दारिता नदेखाएकाे भन्दै रास्वपाले आजकाे सांसद बैठक बहिष्कार गरेका हुन।

रास्वपाले सरकारले इमान्दारिता नदेखाए सरकार छाड्ने चेतावनी दिएकाे छ।

प्रकाशित मिति: : 2023-02-05 13:48:00

प्रतिकृया दिनुहोस्