विपक्षी दलबाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन

File Photo
File Photo

नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरे पनि नाम भने अझै सार्वजनिक गरेको छैन। 

विपक्षी दलका नेताहरुलाई सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठकमा बोलाए पनि आफ्नो पार्टीको तर्फबाट को उम्मेदवार दिने भन्ने जानकारी भने गराएन।

सो पार्टीका प्रमुख सचेतक रमेश लेखकका अनुसार २३ माघमा हुने राष्ट्रियसभा उपाध्यक्षका लागि साझा उम्मेदवार बनाउने सहमति भएपनि नाम भने अझै चयन भएको छैन। यद्यपि, आजको बैठकमा प्रारम्भिक कुरा भएकाले भोलि बस्ने बैठकवाट नाम टुंगाइनेछ।

कांग्रेसले यसअघि नै पदाधिकारी बैठकबाट राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी लिने निर्णय गरिसकेको छ। बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सो पार्टीबाट कोही पनि उम्मेदवार नहुने जानकारी गराइसकेका छन्।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले भने सो बारेमा कुनै धारणा सार्वजनिक नगरे पनि कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने संकेत बैठकमा दिएको छ। बैठक भोलि पनि बस्नेछ।

प्रकाशित मिति: : 2023-02-04 11:41:00

प्रतिकृया दिनुहोस्