भालुले आक्रमणबाट पर्साको ठोरी गाउँपालिकामा दुई जना घाइते भएका छन्।
ठोरी गाउँपालिका-३ रामनगर बस्ने बिबिलाल लोप्चन र सुकमाया तामाङ घाइते भएको प्रहरीले जनाएको छ। उनीहरू श्रीमान श्रीमती हुन्।
शुक्रबार दिउँसो जंगलबाट घाँस लिएर फर्कने क्रममा सुकमाया तामाङलाई भालुले आक्रमण गरेको थियो। सुकमायालाई बचाउन गएका बिबिलाल पनि घाइते भएको प्रहरीको भनाइ छ।
जंगल क्षेत्रबाट निस्किएका तीन वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा चोट लागेको छ भने बिबिलाल सामान्य घाइते छन्।
घाइते दुवैजनालाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ।