नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले भारतमा बेचबिखनमा परेकी १६ वर्षीया किशोरीको उद्दार गरेको छ। गत मंसिर १७ गते मामाघरबाट सम्पर्कविहीन भएकी किशोरीको व्यूरोले गत मंगलबार भारतबाट उद्दार गरी काठमाडौँ ल्याएको हाे।
मामाघर बस्दै आएकी ती किशोरीलाई बेचविखनको लागि भारतको राजधानी नयाँ दिल्लीस्थित पहाडगञ्जमा पुर्याई बन्धक बनाएर राखिएको अवस्थामा उद्दार गरिएको व्यूरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिए।
एसएसपी श्रेष्ठकाअनुसार ती किशाेरीलाई बेचबिखन गर्नुकाे वास्तविक कारण पत्ता नलागे पनि बली दिन भारतीय बाबाहरुकाे कहाँ पुर्याइएकाे हुन सक्ने अनुमान गरिएकाे छ।
‘किशाेरीलाई भारत लैजानुअघि उनकाे उचाइ, ताैल, शरीरमा दाग शरीरमा कुनै प्रकारकाे दाग वा ट्याटु र कुनै अङ्गमा चाेट नभएकाे रजस्वला भएकाे छ/छैन भनि जाँच गरिएकाे रहिछ,’ एसएसपी श्रेष्ठले भने,‘जाँच गरिएका सबै कुरा ठिक भएपछि किशाेरीलाई लगिएकाे पाइयाे। बालिकालाई तान्त्रिक गुरुहरूसँग भेटाइ गुरुहरु खुसी भएकमा अथाह पैसा दिने भनिएकाे छ।’
किशाेरीलाई त्यहाँ पुर्याउनुकाे कारण नखुले पनि प्रारम्भिक अनुसन्धानमा बली दिन वा याैन शाेषण गर्न बेचबिखन गरिएकाे हुन सक्ने एसएसपी श्रेष्ठले जानकारी दिए।
‘उनलाई के काे लागि बेचियाे भन्ने त अझै पत्ता लागेकाे छैन। जे हाेस् बाबाहरुलाई भेट्याएर बाबाहरु खुसी भएमा आथाह पैसा आउँछ भनेर प्रलाेभन दिइएकाे रहिछ। भने, बालिकालाई यही पूर्णिमा त्यहाँ पुर्याउनुपर्ने भनिएकाे रहिछ कतै बली दिन हाे कि शंका गर्न सकिन्छ,’ एसएसपी श्रेष्ठले भने।
उनकाअनुसार ती किशाेरीलाई एक महिलाकाे साथमा काठमाडाैँ ल्याई स्थलमार्गबाट सुनाैली हुँदै नयाँ डिल्ली लगिएकाे थियाे। उक्त बेचबिचखन कार्यमा संलग्न रहेकाे आशंका ६ जनालाई प्रकाउ गरिएकाे छ।
उद्दार गरेर ल्याइएकी किशाेरीलाई अहिले सामाजिक संस्थामा जिम्मा लगाइएकाे छ।
तस्करहरुकाे माध्यमबाट डिल्लीमा पुगेकी किशाेरीलाई भारतस्थित नेपाली दूतावास, भारतीय प्रहरी र सामाजिक संघ संस्थाकाे सहयाेगमा उद्दार गरिएकाे व्यूराेले जानकारी दिएकाे छ।