माओवादी स्थायी कमिटी बैठक बस्दै

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ।

प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बुधबार र बिहिबार बिहान स्थगित भएको बैठक पुन: आज बस्ने भएको हो।

समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजनका लागि बसेको बैठकले एक हप्ता नाघिसक्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन।

हिजो अपरान्ह ४ बजे बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसके पछि आज ३ बजेकाे लागि बैठक बोलाइएको हो।

प्रकाशित मिति: : 2023-02-03 06:11:00

प्रतिकृया दिनुहोस्