रवि लामिछानेकाे चेतावनी- मेरो मौनता आजसम्मका लागि मात्रै हो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन्।

आफूमाथि भइरहेकाे आलोचनाप्रति आपत्ति जनाउँदै सभापति लामिछानेले आफूलाई भन्न, गर्न, लेख्न केही भए भनिहाल्न, गरिहाल्न र लेखिहाल्न भनेका छन्।

‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनी हाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो। त्यसपछि उनी गृहमन्त्रीसँगै पार्टीको सभापतिबाट पदच्युत भएका थिए। उनले गत आइतबार पुनः नागरिकता लिएका थिए।

त्यसपछि उनले गृह मन्त्रालय आफैँले पाउनुपर्ने दाबीसहित दौडधुप गरिरहेका छन्। गैरसांसद गृहमन्त्री बन्न नहुने भन्दै उनकाे चाैतर्फी आलाेचना भइरहेकाे छ। 

प्रकाशित मिति: : 2023-02-02 13:39:00

प्रतिकृया दिनुहोस्