रवि लामिछानेकाे ढिपीले माओवादी झस्किरहेकाे छ: लिलामणि पाेख्रेल

नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पाेख्रेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले गृहमन्त्री नबनी नछाड्ने ढिपी गर्नुले गलत संकेत गरेकाे बताएका छन्।

नेता पाेख्रेलले बिएल नेपाली सेवासँग कुरा गर्दै रविकाे ६ महिने मन्त्री बन्ने हुटहुटीले आफ्नाे पार्टी झस्किएकाे बताए।

‘भर्खरै मात्र उपप्रधान तथा गृहमन्त्रीको नागरिकता प्रकरणले मुलुकको संवैधानिकतालाई नै गडबडी हुने हो कि भन्ने लागेर हामी झस्किएका छौँ। अहिले जुन ६ महिने मात्र पनि गृहमन्त्री दिनुपर्छ भन्ने कुरा आइरहेको छ, यसले एउटा नकारात्मक संकेत गर्छ,’ नेता पाेखरेलले भने।

उनले रविकाे ढिपीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले समर्थन गर्नु पनि गम्भीर कुरा भएकाे दाबी गरेका छन्।

लामिछानेकाे मुद्दाबारे अनुसन्धान भइरहेकाले उनलाई तत्काल मन्त्री बनाउन नहुने नेता पाेख्रेलकाे भनाइ छ।

प्रकाशित मिति: : 2023-02-02 08:38:00

प्रतिकृया दिनुहोस्