बूढानीलकण्ठका विद्यालय र कलेजहरुको श्रीपञ्चमी उत्साहजनक (फाेटाे/भिडियाे)

आज सरस्वती पूजा। विद्याको प्रतीक देवी सरस्वतीको पूजाआजा गरी श्रीपञ्चमी पर्व मनाइएको छ।

साेही अवसरमा बूढानीलकण्ठ नगरपालिकाभित्र रहेका विभिन्न विद्यालय तथा कलेजहरुले पनि श्रीपञ्चमी धुमधामका साथ मनाएका छन्।

सरस्वती पूजाको अवसरमा अक्षराम्भका साथै नयाँ भर्नामा अधिकांश विद्यालय तथा क्याम्पसहरुले विभिन्न छुटको व्यवस्था पनि गरेको थियो।

यसै अवसरमा बुनपा-३ स्थित बालविकास बोर्डिङ माध्यमिक विद्यालयले आफ्नो उनान्तिसौं वार्षिकोत्सवमा विभिन्न कार्यक्रमहरुको आयोजनासमेत गरेको थियो।

प्रकाशित मिति: : 2023-01-26 16:42:00

प्रतिकृया दिनुहोस्