वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालनिकट जात व्यवस्था उन्मुलन मोर्चा नेपालका संयोजक राजकुमार हिङमाङले दलितलाई आरक्षण मात्रै नभएर सम्मान पनि आवश्यक रहेकाे बताएका छन्।
हिङमाङले बिएल नेपाली सेवासँग कुरा गर्दै राज्य सत्ताको आडमा बाँचिरहेकाहरको सन्तुलन मिलाएर जात व्यवस्था उन्मुलन गर्न सकिने प्रतिक्रिया दिएका हुन्। ‘आरक्षण शब्द कुनै समय ठिक पनि थियो तर हामीले उठाएको विषय आरक्षणको मात्र होइन, अधिकारको विषय उठाएका छौँ,’ उनले भने।
उनले वर्षाैदेखि उत्पीडनमा पारिएकाे समुदाय र राज्य सत्ताको आडमा बाँचिरहेकाहरुले हालिमुहाली कायम गरेकाले अब सन्तुलनमा लिनका लागि राज्यको दोहन गरेर बाँचिरहेकाहरुलाई परिर्वतन गरेर तलको वर्गलाई माथि र माथिको वर्गलाई तल गरेर सन्तुलनमा ल्याउनुपर्ने उनले प्रतिक्रिया दिए।
राज्यले आरक्षणको विषय लिएर कोटा सिस्टमबाट केही सहज बनाए पनि जात व्यवस्था उन्मुलनका लागि अधिकारकै रुपमा उठाउनुपर्ने उनको भनाइ छ। ‘आरक्षणको विषय मात्र होइन, आम मान्छेले स्वाभिमानपूर्वक बाँच्न पाउने अधिकारको विषय हो,’ उनले भने, ‘मान्छे जन्मिने बित्तिकै उसकाे सम्पूर्ण कुरा उसकै मौलिक हक अन्तर्गतको विषय हो। आरक्षणको विषयबाट कोटा प्रणालीबाट सहज बनाउने कुराका लागि मात्र आरक्षण दिएको हो।’
आत्म निर्णयको अधिकार, आत्म सम्मानको अधिकार र स्वाभिमानपूर्ण तारिकाले बाँच्न पाउने अधिकारको विषय नै आफूहरुले उठाएकाे उनकाे दाबी छ।
भिडियाे: